बबीको ‘पेस्तोल डान्स’ बारे प्रहरी अनुसन्धान सुरू



हाम्रो इकोनोमि

 

 

जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ डा. बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् । डान्स गर्दै पेस्तोल पड्काएकी थिइन् । उनको सो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस विषयमा समाचार समेत बनेपछि नेतृ डा. बबीले ‘खेलौना पेस्तोल’ रहेको दाबी गरेकी छन् ।

तर उनले पड्काएको पेस्तोल असली हो कि नक्कली भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । डा. बबीमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले बोलाएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पेस्तोलबारे अनुसन्धान गर्न नेतृ डा. बबीलाई बोलाएको बताए । उनले भने, ‘पेस्तोल नक्कली नै रहेको कुरा भन्न सकिँदैन । उहाँ (डा. बबी)लाई बोलाएको छु । एक घण्टामा आउँदै हुनुहुन्छ । उनले नक्कली पेस्तोल र डान्स गर्दै पेस्तोल पड्काएको भिडिओ आवश्यक अनुसन्धानका लागि प्रधान कार्यालय पठाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...