एकता नहुँदै नाउपा र जनमतबीच किचलो



हाम्रो इकोनोमि

 

 

उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच ९ बुँदे सम्झौतासहित आज पार्टी एकता गर्ने तयारी गरिएको छ । तर, सचिवालय, कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नामका विषयमा विवाद हुँदा तोकिएको समयमा एकता घोषणा नहुने निश्चित जस्तै बनेको छ । आज ११ बजे प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा गर्ने तयारी गरिएको थियो । प्रज्ञा प्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्नेसम्मको तयारी भएको थियो । तर, अहिले दुई दलबिच सचिवालय, कार्यसम्पादन र केन्द्रीय कार्य समितिका विषयमा कुरो बाझिएको छ ।

एकतापछि ७०० सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा दुवै पार्टीबाट ५०–५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गर्ने सहमति भएको थियो । दुवै पार्टीबाट २५–२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी कार्यसम्पादन समिति बनाउने सहमति भएको थियो । २५ सदस्यीय सचिवालय सदस्य रहने जसमा जनतमबाट १२ र जना नागरिक उन्मुक्तिबाट १२ जना रहने र संरक्षक रेशम चौधरी रहने दुई दलबिच छलफलमा सहमति भएको थियो । अहिले नागरिक उन्मुक्ति पार्टीले आफ्नो तर्फबाट सबैको नाम टुङ्गो लगाउँदा जनमत पार्टीले भने नाम टुङ्गो लगाउन सकेको छैन ।

नाउपाले सबै विषय टुङ्गो लगाएर मात्रै एकता गर्ने जनाएको छ भने जनमत पार्टीले संरक्षक अध्यक्ष र सहअध्यक्ष घोषणा गर्ने सचिवालय, केन्द्रीय कार्यसम्पादन र केन्द्रीय कार्यसमितिको नाम पछि टुङ्गो लगाउने जनाएको छ । यसअघि नै नाउपाका संरक्षक रेशम चौधरी एकतापछि पनि संरक्षक रहने जनतम पार्टीका अध्यक्ष सिके रावत एकतापछि पनि अध्यक्ष रहने र नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ एकतापछिको पार्टीको सहअध्यक्ष रहने सहमति भइसकेको थियो । जनमतका प्रवक्ता शरदसिंह यादवले एकतामा संरक्षक अध्यक्ष र सहअध्यक्ष मात्रै घोषणा हुने बताए ।

आज संरक्षक अध्यक्ष र सहअध्यक्ष मात्रै घोषणा गर्ने गरी तयारी गरिरहेका छौँ केन्द्रीय समिति, कार्यसम्पादन र सचिवालयका नामहरू पछि टुङ्गाउँछौँ’, उनले भने । यता नाउपाले भने केन्द्रीय समिति, कार्यसम्पादन र सचिवालयको सबै नामहरू टुङ्गिएपछि मात्रै एकता गर्ने जनाएको छ । थारु समुदायलाई धोका दिन चाहन्न , कुनै पनि विषय उधारो राखेर एकता गर्दैनौँ नाउपाका संरक्षक रेशम चौधरीले भने, हामी एकताको पक्षमा छौँ तर, सबै विषय टुङ्गो लगाएर मात्रै एकता हुन्छ ।

नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै संरक्षक चौधरीले ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने जानकारी गराइसकेका छन् । अध्यक्ष रन्जिता श्रेष्ठले पनि त्यसमा सहमत छिन् । तर, अहिले केही विवाद एकताका अधिकांश विषय टुङ्गो लागिसकेको छ पार्टीको नाम नागरिक जनमत राख्न दुवै पार्टी सहमत छन् । नेता–कार्यकर्ताहरूले ’जय नागरिक’ भनेर सम्बोधन गर्न र चुनाव चिन्ह ढकिया राख्ने विषयमा सहमति भइसकेको छ । तर, मुख्य विषयमा कुरा नमिल्दा एकतामै धक्का लाग्ने सङ्केत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...