शिक्षकसँग आजै सहमति हुने संकेत



हाम्रो इकोनोमि

 

 

२८ दिनदेखि जारी शिक्षक महासंघको माग सम्बोधनउन्मुख बनेको छ । सोमबार दिनभर र मध्यरातसम्म मन्त्री र शिक्षक नेताबीचको वार्तापछि दुवै पक्ष सहमतिनजिक पुगेका हुन् । वार्ता आज दिउँसो पनि हुँदैछ ।शिक्षामन्त्री रघुजी पन्तले छलफल एकदमै सकारात्मक भएको बताए । उनका अनुसार आज टुंग्याउने गरी काम अघि बढेको छ ।

अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ । महासचिव तुलाबहादुर थापाले आज दिनभरसम्ममा सहमतिको सम्भावना सुनाए । आशावादी छौं । हामी छलफलमै छौं । आज केही होला’, बैठकस्थलबाट थापाले  भने । आजै गठबन्धनका मुख्य दल कांग्रेस-एमालेका शीर्ष नेतासँग पनि छलफल तय भएको उनको भनाइ छ । तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज-भोलि क्याविनेटबाट निर्णय गराएर लागू गर्ने र ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको मन्त्रालयका एक अधिकारीले बताए ।

राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए । आन्दोलन भने जारी नै रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...