राजावादी एकता : कमल थापा र लिङदेन एकै मञ्चमा



हाम्रो इकोनोमि

 

 

 लामाे समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच नयाँ ‘ब्रेक थ्रू’ भएको छ । थापाको निम्तो मान्दै लिङ्देन आज राप्रपा नेपालको विरोधसभामा सहभागी हुने भएका छन् ।

एउटै लक्ष्य र गन्तव्य बोकेर हिँडिरहे पनि राजावादी हस्ति नेताहरू एक ठाउँमा उभिन सकिरहेका थिएनन् । लिङदेन र थापाबीच त झन् पानी बाराबारकै अवस्था थिए । राप्रपालाई नै फुटाएर थापाले राप्रपा नेपाल गठन गरेको हुँदा यी दुई पार्टीबीच तिक्तताको अवस्था कायम थियो । राजावादी दुई प्रमुख शक्ति नै मिल्न नसक्दा समग्र राजसंस्था पक्षधरहरुको एकता गाँठो परिरहेको थियो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालको कार्यक्रममा अध्यक्ष लिङदेन उपस्थित हुने पुष्टि गरे ।

राजसंस्थाको पक्षमा हुने कुनै पनि आन्दोलन र अभियानलाई साथ समर्थन दिने हाम्रो पार्टीको घोषित नीति नै हो । राप्रपा नेपालबाट अध्यक्षज्यूलाई निम्ता आएको छ र उहाँ सहभागी हुनुहुन्छ  श्रेष्ठले भने । राप्रपा कमल थापाको निम्तोमा लिङ्देनसहित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुबेदी र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसमेत कार्यक्रममा उपस्थित हुने छन् । राप्रपा नेपालका अध्यक्ष थापाले आफूहरु चारजना पहिलोपटक एउटै मञ्चमा देखिन लागेको भन्दै फेसबुकमा पोस्ट गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...