राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्छ : प्रवक्ता महत



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले गठबन्धन सरकार सञ्चालन गर्न सहज नभएको बताएका छन् । दाङ पुगेका नेता महतले कार्यकर्ता भेटघाटका क्रममा माओवादीसँग कांग्रेस र एमाले दुवैको सहकार्य राम्रो नभएपछि बाध्य भएर मिल्न परेको सुनाए ।

उनले भने, ‘गठबन्धन भन्नेबित्तिकै सरकार सञ्चालन गर्न त्यति सजिलो हुँदैन । चलिरहेको छ । हामीले सोचेअनुसार सबै कुरा हुँदैन । हामीले भनेको सय प्रतिशत नभए पनि ५० प्रतिशत त होला भनेरै सहकार्यमा छौं । हुँदै नहुनुभन्दा त ५० प्रतिशत भएमात्रै पनि हुनु सही । सके ६० प्रतिशत गरौंला ।

उनले सत्तामा नहुँदा तल्ला तहका नेता कार्यकर्ताको स्वाभाविक गुनासो हुने गरेको बताए । प्रवक्ता महतले भने, ‘सत्तामा नहुँदा साथीहरुले असुरक्षित महसुस गर्ने भए, पुलिस प्रशासनलाई जायज कुरा भन्यो भने पनि टेरपुच्छर नलगाउने, अब सत्तामा हुँदा पनि हामीले भनेको जस्तो हुँदैन । त्यसैले असन्तुष्टि भइरहेका छन् । उनले सत्ता गठबन्धनमा भए पनि सरकारी नियुक्तिमा समान हुनुपर्ने र समन्वय हुनुपर्ने भए पनि पछिल्लो समय नभइरहेको बताए । प्रवक्ता महतले विद्युत प्राधिकरणमा एमालेको प्रस्तावलाई स्वीकार गरेकाले राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...