राजावादीको रणनीति असफल भयो : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरुको रणनीति असफल भइसकेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरुको सक्रियता बढेपछि आफूहरुले शान्तिपूर्वक प्रतिवाद गरेको बताए ।

प्रचण्डले भने, ‘राजावादीहरुको करिब करिब उनीहरुले भन्ने गरेको र गर्ने गरेको होहल्ला र रणनीति पूर्णतः असफल भइसकेको छ। अहिले हामीले भन्नुपरेको छैन, अरुअरुले पनि भन्न थालेका छन्, असफल भयो । त्यो भनेको जनता सफल भए, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरको हैसियतले हामी सफल भयौं ।

उनले आउने दिनमा पनि राजावादी भनाउँदाहरुले बितण्डा मच्चाउनसक्ने भएकाले जनतालाई सचेत बनाउनुपर्ने बताए ।प्रचण्डले भने, ‘प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुलाई खबरदारी गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । तपाईं प्रचार सेनाको जर्नेल हुनुको नाताले अझै बढी संवेदनशील र गम्भीर हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...