यातायात व्यवसायीले सरकारलाई दियो आन्दोलनको चेतावनी



 

 

सार्वजनिक यातायात व्यवसायीहरुले सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार यातायात व्यवस्था विभागमा ध्यानाकर्षण बुझाउँदै विभिन्न प्रकारको आन्दोलनका कारण यातायात सञ्चालन गर्न कठिनाइ भएको भन्दै सहज रुपमा यातायात सञ्चालन गर्ने अवस्था बन्न नसके आन्दोलन गर्ने चेतावनी दिएको हो । विभिन्न पक्षहरुले गरेको आन्दोलनका कारण यातायात क्षेत्र नै धरासयी भएकाले सरकारले गम्भीर भएर यस बिषयमा बिचार गर्नुपर्ने महासंघको भनाइ छ ।

माइतीघर–बानेश्वर क्षेत्र केन्द्रित आन्दोलनका कारण यातायात सञ्चालनमा अवरोध हुँदा बैंक किस्ता तिर्न समस्या भएको, मजदुरलगायतमाथि समस्या भएको र यात्रुहरुको अधिकारको हनन भएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनले आफ्नो अधिकारको माग गर्दा अरुको अधिकार हनन भएको विषयमा ख्याल गर्न अनुरोध गरे । आन्दोलनका कारण आफुहरुको अधिकार हनन भएकाले समयमा नै यातायात सञ्चालनको अवरोध नहटे बाध्य भएर आन्दोलन गर्ने उनले बताए ।

त्यस्तै महासंघले मोटर बिमा दर निर्देशिका २०७३ संशोधन, कानून बिपरित सञ्चालन भएका यातायात कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्ने, व्यवसायीको सुझावका आधारमा सवारी ऐन संशोधन लगायतका विषयमा समेत विभागको ध्यानाकर्षण गराएको छ । शिक्षकहरुले बबरमहल- बानेश्वरकाे पुरै सडक ढाकेर आन्दाेलन गरिरहेकाे छ । जसकाे कारण सर्वसाधरणले दैनिक सास्ती खेप्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ