राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा



हाम्रो इकोनोमि

 

 

 राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत १५ को प्रदर्शनलाई उत्तेजक बनाउने भूमिका खेलेको कारण उनीलाई राज्यविरुद्धको कसुरमा म्याद थपी कानुनी कारबाही अगाडि बढाइएको थियो । तर स्वास्थ्यका कारण आवश्यक परेका बखत उपस्थित हुने गरी आइतबार राति हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । उनलाई पत्नी प्रतिभा राणाको जिम्मामा रिहा गरिएको हो ।

प्रहरीले धवल परिवारलाई बेलुकी ५ बजेपछि बोलाएको थियो । तर, उनकी पत्नी ७ बजेपछि मात्रै पुगिन् । सबै प्रक्रिया सकिएर प्रहरी कार्यालयबाट निस्कँदा करिब ९ बजेको एसएसपी अधिकारीले बताए । उनी रिहा भए पनि उनीविरुद्धको मुद्दा विचाराधीन नै रहने छ । ‘मुद्दा नचल्ने वा फिर्ता भएको होइन’ अधिकारीले भने, ‘उहाँले कानुनी प्रक्रियामा सहयोग गर्नुहुन्छ भन्नेमा विश्वास लिएका छौं ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...