चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी का ८ नियमको चर्चा



हाम्रो इकोनोमि

 

 

 

 

चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी जिनपिङका ८ नियममाथि नेपालमा पनि चर्चा भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक विभागले सन २०१२ मा स्वीकृत गरेका ८ वट नियम र त्यसैको आधारमा खडा भएको आधुनिक चीनबारे नेपालमा पनि चर्चा भएको हो । फ्रेण्ड्सन अन क्लाउड नामक संस्थाले काठमाडौमा गरेको कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफनो अनुभवबारे धारणा राखेका थिए । राष्ट्रपति सीका ८ नियममा अनुसन्धान पद्धतीको सुधार र तथ्य, मितव्ययती, आर्थिक अनुशासन, द्विपक्षीय, त्रिपक्षीय भ्रमण, समाचार रिपोर्ट, अनावश्यक बहस र प्रचार, इमान्दारिता,अनुशासन लगायतका विषय समेटिएकाछन ।

कार्यक्रममा पूर्व सचिव सिटौला र सस्थाका अध्यक्ष उप्रेतीले चीनको विकास र कार्यशैलीबाट नेपालले पनि धेरै कुरा सिकेर विकास गर्नसक्ने धारणा राखेका थिए । नायक मल्ल र पत्रकार श्रेष्ठले चीनले ग्रामीण क्षेत्रमा गरेको विकास, समाजवादको उपयुक्त प्रयोग, चिनियाँ प्रविधि लगायत आफूले अनुभव गरेको विषयबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...