एमाले विराटनगर अधिवेशनमा विनोद ढकालको प्यानलै निर्वाचित



 

 

नेकपा एमाले विराटनगर अधिवेशनमा भएको निर्वाचनमा बलराम गिरी नवीनको प्यानल नै विजयी भएको छ । सर्व सम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि हिजो साँझ भएको निर्वाचनमा गिरी अध्यक्षमा विजयी भएका हुन । उनले १७३ मत पाए । उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत पाए ।

गिरीलाई विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो । संस्थापन समूहबाट भने कोइराला उम्मेदवार बनेका थिए । सदस्यहरु सर्वसम्मत निर्वाचित भएको अधिवेशनमा संस्थापन समूहबाट एक जना पनि पदाधिकारीमा निर्वाचित भएनन् ।

यसअघि मोरङ जिल्ला अधिवेशनमा पनि ढकाल समूह प्यानलै विजयी भएको थियो । प्रदेशको अधिवेशनमा अध्यक्षमा पराजित भएपछि ढकाल समूह र संस्थापन समूहका बिचमा प्रदेश भरी प्रतिस्पर्धा हुँदै आएको छ ।

 

प्राप्त मत

अध्यक्ष

१. बलराम गिरी : १७३

२. रोहित कोइराला : १२१

उपाध्यक्ष

१. राम पोखरेल : १३६

२. सुरज न्यौपाने : १४५

सचिव

१० नवराज काफ्ले : १०४

२० विज्ञान चापागाईं : १८३

उप-सचिव

१० चन्द्र शेखर विश्वास : ९८

२० हमिद आजाद :१७८

उप सचिव (महिला)

१० कला डाँगी : १११

२० हिमा मैनाली पोखरेल : १६९

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ