देउवा निवासमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूको बैठक, सत्ता गठबन्धनमा आशंका



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाली कांग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ। बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीबाट सरकारमा गएका मन्त्रीहरू पनि सहभागी छन् । जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले बताए ।

एमालेसँग सत्ता सहकार्य थालेको ९ महिना पुग्दा सत्तारुढ दल नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । पछिल्लो समय कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला र उनी निकटका नेताहरूले चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

कांग्रेसमा असन्तुष्टि बढेपछि हिजो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बसेको थिए । बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा सहभागी भएनन् । त्यसले सत्ता गठबन्धनमा आशंका बढेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...