बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट -BITM-२०२५ को औपचारिक घोषणा



हाम्रो इकोनोमि

 

 

 

नेपालको पर्यटन प्रवद्र्धनमा ऐतिहासिक योगदान पु¥याउँदै, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स -NATTA-_ले आज काठमाडौंको ठमेलस्थित होटल अलोफ्टमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत तेस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (BITM_) २०२५ को औपचारिक घोषणा गरेको छ ।

नेपाल पर्यटन बोर्ड (NTB_) र NATTA बीच आगामी BITM २०२५ संयुक्त रूपमा आयोजना गर्ने सहमतिसहित, दुई संस्थाबीच २०८१ चैत २२ गते  सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। यस सम्झौतापत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री दीपक राज जोशी र NATTA का अध्यक्ष श्री कुमार मणि थपलियाले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा NTB का कार्यबाहक निर्देशक श्री सुनील शर्मा तथा BITM २०२५ की संयोजक एवं NATTAकी वरिष्ठ उपाध्यक्ष श्री जिश्वाँ तुलाधर श्रेष्ठले समन्वयकर्ता र प्रतिनिधिको रूपमा भूमिका निर्वाह गर्नुहुनेछ ।

BITM २०२५ आगामी २०८२ जेठ १० देखि १२ गते (२३–२५ मे २०२५) सम्म काठमाडौं र लुम्बिनी– भैरहवामा भव्य रूपमा आयोजना गरिनेछ । कार्यक्रमको उद्घाटन समारोह, अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी May 23 & 24 (जेठ १० र ११ गते) काठमाडौंस्थित पाँच तारे होटेलमा सञ्चालन हुनेछ भने May 25, 2025 ( जेठ १२ गते) लुम्बिनीमा B2B सत्र,FAM नेटवर्किङ डिनर तथा समापन समारोह गरिनेछ ।
कार्यक्रममा १५० भन्दा बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता -International Hosted Buyers_ तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहरू (-Sellers_) को सहभागिता हुने अपेक्षा गरिएको छ ।

सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का लगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् । BITM २०२५ मा १,१०० भन्दा बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरु, बौद्धमार्गी, लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...