सरकार ट्याक्टरको गतिमा चलिरहेको छ : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेरेका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका काम सुस्त हुँदा समस्या निम्तिएको बताए ।

महामन्त्री थापाले नागिरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको बताए । ‘मलाई बिस्तारै के कुरा लाग्न थालेको छ भने देशलाई अंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ उनले अघि भने मान्छेको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन । 

कांग्रेस-एमाले गठबन्धनको सरकारको जिम्मेवारीमा नरहेरै सहयोग गर्न तयार भएको स्मरण गराउँदै उनले तर आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नभएको बताए ।

सरकारले गति बढाएर काम गरेको भए अहिले सडकमा आन्दोलन देख्नु पर्ने अवस्था नै नआउने उनको भनाइ छ । ‘ स्पिडमा काम गरेको भए शिक्षकहरु आन्दोलनमा आउनुपर्ने थिएन । सरकारीको अवस्था त्यस्तै छ’, उनले भने ‘सरकारले चलाउन नपर्ने कुरा चलाएर सडकमा आउन बाध्य बनाएको छ । यो कुराले हामीलाई रामराम भन्ने हो, गर्ने के त भन्ने बनाएको छ ।

उनले कांग्रेस-एमालेको सरकार भएकोले आफूहरूले सरकारको काम बढाउन चाहेको बताए । त्यसका लागि खबरदारी गरिरहेको उनको भनाइ छ । सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएको बताउँदै उनले खबरदारीको गर्नुपरेक बताए । तर, यसको अर्थ राजनीतिक विकल्प खोज्ने भन्ने नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...