पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामनाप्रति एमालेको आपत्ति



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति जनाएको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको छ । आज बसेको केन्द्रीय सचिवालयको ४८ औं वैठकले सो निष्कर्ष निकालेको हो । वैठकपछि पत्रकारसँग बोल्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले चैत १५ गतेको आपराधिक घटनालाई ‘जनतामा आएको जागरणको रुपमा व्यक्त गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

उनले भने हिजो मात्रै सन्देश बाहिर आएको छ, त्यो अभिव्यक्ति हेर्दा उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि अहिलेका उपलब्धीहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौं । त्यो गलत कुरा हो । चैत १५ गते अपराधिक घटनालाई जनतामा आएको जागरणको रुपमा व्यक्त गर्नुभयो । सर्वसाधारणको घरमा लुटपाट, तोडफोड र विध्वंस नै उहाँले खोजेको जागरण हो भने त्यो धेरै आपत्तिजनक हो । बैठकले यस्ता खालका क्रियाकलाप नगर्न भनेको ज्ञवालीले जानकारी दिए । लोकतान्त्रिक गणतन्त्रको कोर्स उल्टाउने प्रयास कहीँबाट पनि नहोस भनेर वैठकले ध्यानाकर्षण गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...