कांग्रेस पैसावालको कब्जामा जाने खतरा देख्दैछु : शेखर



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली राष्ट्रियता, धर्म संस्कृति र समृद्धिको लागि एकपटक फेरि नेपाली कांग्रेसमा पूर्नजागरणकाल जगाउनुपर्ने बताएका छन् । नयाँ वर्ष २०८२ अवसरमा शुभकामना सन्देश जारी गर्दै कांग्रेसका इमान्दार, निस्वार्थी र स्वाभिमानी साथीहरूको सक्रियताविना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव नभएको बताए ।

उनले भनेका छन्, ‘हामी सबै राजनीतिमा देखिएको विकृति विसंगतिको चर्चा गर्छौं, यसको उपचारको खोजी पार्टी भित्रबाट गर्नुपर्छ भन्ने मेरो मान्यता हो । पार्टीको अगुवाइमा क्याम्पेन फर क्लिन पोलिटिक्सको अभियान नचलाई बस्ने हो भने बीपी कोइरालाले भन्नु भए झैँ कांग्रेस पार्टी सुकिला मुकिला र पैसावालको कब्जामा जाने खतरा छ । र, म त्यो देख्दैछु । नयाँ वर्ष २०८२ को नारा पार्टीमा क्लिन पोलिटिक्स भनी अगाडि नसार्दा नागरिकको विश्वास र भरोसा जित्न गाह्रो रहेको उल्लेख गरेका छन् ।

कोइरालाले भनेका छन्, ‘कुशासन, भ्रष्टाचार, दण्डहीनता र अनियमितता संस्थागत भएर चुँडिदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोडन पार्टीभित्र शुद्धीकरण अभियान चलाउनुको विकल्प छैन । नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसको तर्फबाट साथीहरू अगाडि आउनुपर्छ । यो वर्ष विधानतः कांग्रेस महाधिवेशनको वर्ष हो । कुनै कारण देखाएर कांग्रेस महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भन्दै यसतर्फ सचेत रहेका पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

जनतामाझ कांग्रेस लोकतन्त्र र राष्ट्रियताको संरक्षक र संवर्द्धक हो भनी चिनिने भन्दै वर्तमान समसामयिक राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दाहरूमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...