वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी



हाम्रो इकोनोमि

 

 

पर्सा प्रशासनले वीरगञ्जमा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमबारदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ । कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले बताए ।

 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा जारी भएको उनले जानकारी दिए । उनका अनुसार सर्वपक्षीय बैठकले शनिबार साँझदेखि लागू गरिएको कर्फ्यू आदेश निन्तरता दिइरहनु पर्ने नदेखिएकाले केही क्षेत्र र समयका लागि छुट दिने र कर्फ्यूको साटो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सोही अनुसार निषेधाज्ञा जारी भएको र यो आदेशलाई उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने पर्साका प्रशासकीय अधिकृत पटेलले बताए । पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी भएको पर्सा प्रशासनले जनाएको छ ।

 

सर्वदलीय बैठकमा पाँच बुँदे सहमति

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे सहमति गरेको छ । बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी थिए ।

बैठकमा दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन् । हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा उत्पन्न भएको दुई पक्षबीचको झडपलाई लिएर झडप पश्चात् वीरगञ्जमा उत्पन्न तनावपूर्ण अवस्था सहमतिपछि क्रमशः सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...