चेकिङमा सवारी साधनको चाबी खोस्ने अधिकार ट्राफिक प्रहरीलाई छैन – उच्च अदालत



हाम्रो इकोनोमि

 

सवारी साधन चेकिङका क्रममा चाबी (साँचो) खोस्ने कानुनी अधिकार ट्राफिक प्रहरीलाई नरहेको उच्च अदालत पाटनले व्याख्या गरेको छ। नेपाल ल क्याम्पसमा पढ्ने विद्यार्थी विवेक चौधरीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएर कात्तिक ७ गते रिट दायर गरेका थिए। न्यायाधीश चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेले माघ ६ गते उक्त रिट खारेज गरे पनि विपक्षीका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो। अहिले उक्त आदेशको अहिले पूर्णपाठ सार्वजनिक भएको छ। ‘कानूनले तोकेको कारबाहीबाहेक त्यस्तो चाबी खोस्ने समेतका कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाउँमा निर्देशनात्मक आदेशसमेत जारी गरी दिएको छ,’ आदेशमा भनिएको छ। प्रहरी कर्मचारीले चेकजाँचको नाममा सर्वसाधरणलाई त्रासमा राख्ने किसिमको अभिव्यक्ति दिनु शोभनीय नहुने आदेशमा उल्लेख छ।  ‘कानूनमा चाबी खोस्न पाउने भन्ने व्यवस्थाको अभावमा सार्वजानिक पदमा रही कर्तव्य निर्वाह गर्न जाँदा कानूनले तोकेको विधि र मान्यताको पालना गर्नुपर्ने हुन्छ, त्यस्तो व्यवस्था नै नभएको अवस्थामा सर्वसाधारणलाई त्रासमा पार्ने किसिमको अभिव्यक्ति दिनु प्रहरी कर्मचारीको निमित शोभनीय हुँदैन,’ आदेशमा भनिएको छ। ट्राफिक प्रहरीले चाबी खोस्न पाउने विषयमा कानुनी व्यवस्था नरहेको आदेशमा उल्लेख छ। ‘तसर्थ चाबी खोस्न पाउने भनी सम्बन्धित प्रहरी कर्मचारीको भनाइसम्म रहेको भन्ने मिसिलसंलग्न प्रमाणहरूबाट देखिन आउँदा कानूनमा त्यसरी चाबीसमेत खोस्न सक्ने कानूनी व्यवस्थाको अभाव रहेको परिप्रेक्ष्यमा विपक्षीहरूको नाममा निर्देशनात्मक आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिन आउँछ,’ आदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...