पहिलो पटकमै दरबारियाहरू निस्तेज भए : उपप्रधानमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्वहरूले टाउको उठाएको तर पहिलोपटक नै परास्त भएको बताएका छन् । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले लुम्बिनीमा आयोजित जागरणसभामा दरबारियाहरू कहिले पनि जनतासँग काम नगरेको र सधैँ अराजकतामा रमाउन खोजेको दृष्टान्त तीनकुनेमा देखिएको बताए । उनले भने, ‘एक झट्कामा उनीहरूको चरित्र पर्दाफास भएको छ तर फेरि पनि उनीहरूले टाउको उठाउन सक्छन्, त्यस समयमा हामी फेरि सचेत हुनुपर्नेछ । संविधानको विरोधमा अनर्गल प्रचार गर्ने, नेपालीको एकताको अभियानमा खण्डित बनाउनेसँग सचेत हुनुपर्नेछ ।

दलहरू सधैँ जनतासँग रहेका हुन्छन्, तर दरबारियाहरू आफ्नो स्वार्थमा केन्द्रिकृत हुन्छन्, अहिले एमालेलाई कमजोर बनाउन त्यहीँ शक्ति लागेका छन्, एमालेविरूद्वको प्रहार हो, केपी ओलीविरुद्धको प्रहार हो’, उनले भने, ‘एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो । लुम्बिनीले हरेक आन्दोलनको गौरवमय इतिहास राखेको भन्दै उनले पार्टी एकतामा जोड दिए । नयाँ पार्टीहरूप्रति संकेत गर्दै उनले विचारशून्य र अवसरवादकाे पर्यायको उदाहरण दिए ।

प्रतिक्रिया दिनुहोस
पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...

बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

    किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा सञ्चालित किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल...

बागमतीमा राप्रपा सांसदलाई दुई थरी निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप...