पूर्वराजालाई संसदीय समितिमा बोलाउन प्रस्ताव



हाम्रो इकोनोमि

 

 

 नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे छानबिन गर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाउन प्रस्ताव गरेका छन् । कानून समितिको बैठकमा बोल्दै उनले पूर्वराजालाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भन्नेबारे सोध्नुपर्ने बताए । परियारले पूर्वराजालाई एउटा नागरिकको हैसियतले यस्तो गर्न पाउनुहुन्छ ? भन्दै सोध्नलाई समितिमै ल्याउनुपर्ने तर्क गरेका छन् । उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको बताए ।

परियारले थपे, ‘हिजो हामीले १०४ वर्षे राणा शासन एउटा जहानियाँ थियो । एउटा परिवारको थियो । तत्कालीन शाहहरू पनि खोपीमा थिए । राजाहरूको अवस्था के थियो एकपटक सम्झियौँ त । त्यसपछि ३० बर्षे एकदलीय पञ्चायती व्यवस्था थियो । राजाले प्रत्यक्ष शासन गर्थे, कति सुशासन र स्थायित्व थियो । त्यो हामी सबैले बुझेका छौं । राजाको छोरा राजा हुने व्यवस्था थियो । राजाको छोरी राजा हुने व्यवस्था थिएन । बेलायतको जस्तो होइन नेपालको राजतन्त्र, यो कुरा पनि ख्याल गर्नुपर्छ 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...