खाना पकाउने ग्यासमा दुई प्रकारको मुल्य बनाउने तयारी



 

 

खाना पकाउने एलपी ग्यास सिलिन्डरलाई दुई प्रकारमा विभाजन गरी बिक्री वितरणका लागि आयल निगमले अन्तिम तयारी गरिरहेको छ । घरमा प्रयोग गरिने र व्यवसायमा प्रयोजनार्थ सिलिण्डलाई छुट्याएर मूल्य पनि फरक-फरक बनाउन लागिएको हो ।

निगमले एलपी ग्यासमा धेरै घाटा भइरहेको भन्दै पेट्रोलियम पदार्थबाट पूर्ति भइरहेको बताएको छ । ग्यासमा निगमलाई अहिले प्रतिदिन ३ करोड र मासिकरूपमा १ अर्बभन्दा धेरै घाटा रहेको छ । १४.२ लिटरको ग्यास १ हजार ९ सय १० रूपैयाँमा बिक्री भइरहेको छ । निगमका अनुसार प्रतिसिलिन्डर लागत भने २ हजार २ सय ६ रूपैयाँ रहेको छ ।

निगमले सिलिन्डरमा दुई प्रकारको मूल्य लागू गर्न लागेको हो । जसअन्तर्गत उद्योगलाई लागत मूल्य अर्थात् २ हजार २ सय ६ रूपैयाँमा बिक्री गर्नेछ । भने, उपभोक्ताले भने १ हजार ९ सय १० रूपैयाँमा नै पाउने छन् । हाल दैनिक रूपमा करिब १ लाख सिलिन्डर एलपी ग्यास बिक्री भइरहेकोमा ६० प्रतिशतभन्दा धेरै व्यवसायिक प्रयोजनार्थ खपत भइरहेको छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले उद्योग र उपभोक्ताका लागि छुट्टाछुट्टै मूल्य तोक्ने तयारी भइरहेको बताए ।

उनले भने, ‘काम अन्तिम चरणमा पुगेको छ । उपभोक्ताले अहिलेकै मूल्य अर्थात् १ हजार ९ सय १० रुपैयाँमा एक सिलिन्डर ग्यास पाउने छन् । भने, उद्योगले लागत मूल्य २ हजार २ सय ६ रूपैयाँमा किन्नुपर्ने छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले औद्योगिक र घरायसी प्रयोजनको मूल्य पनि फरक हुने बताए ।

उनले  भने, ‘कसरी मूल्य तोक्नेबारे मन्त्रालयमा छलफल भएको थियो । त्यो छलफलमा राष्ट्रिय परिचय पत्रलाई आधार मान्ने कि भन्ने पनि विषय उठ्यो । तर, अहिले नै सबै नागरिकसँग राष्ट्रिय परिचय पत्र नभएका कारण नागरिताका देखाएर नै सुरू हुन्छ । अब १ महिनामा उद्योग र घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य फरक हुनेछ ।

निगमले ग्यासमा दुई थरी मूल्य कायम गरेपछि ग्यास उपभोक्ताले आफ्नो नागरिकताको कपी राखेर ग्यास खरिद गर्न सक्ने छन् । एकजना व्यक्तिले वर्षमा २ वटा ग्यास घरायसी प्रयोजनका लागि थोरै मूल्यमा अर्थात् निगमको लागत मूल्यभन्दा कममा किन्न पाउने छन् । घरमा भएका सदस्य प्रत्येकले दुई सिलिन्डर पाउने छन् ।

निगमका अनुसार साना होटेल वा ग्यास प्रयोग हुने साना उद्योगले पनि लागत मूल्यमा नै ग्यास खरिद गर्नुपर्ने हुन्छ । जस्तै कुनै व्यक्तिको ४ जनाको परिवार छ र उसले सामान्य होटल चलाएको छ भने, उसको परिवारले वर्षमा ८ वटा ग्यास सिलिन्डर पाउने छ । होटेलमा वर्षमा ८ वटाभन्दा धेरै सिलिन्डर प्रयोगमा आए औद्योगिक प्रयोजनकै मूल्य तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा