म सक्रिय राजसंस्थाको पक्षमा छैन : (राप्रपा) उपाध्यक्ष तामाङ



 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफू सक्रिय राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २०१७ सालको जस्तो सक्रिय राजसंस्था बोक्नेलाई ‘बहुला’ को संज्ञा दिए ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै

सुरक्षाकर्मीले सुरक्षाको पूर्ण रणनीति र कार्यनीति अपनाएको देखिएन । जनपथले गोली चलाएको आयो तर, एपीएफले कति गोली चलायो ? यसको पनि जवाफ चाहियो । हाम्रो पार्टीको महामन्त्री धवल शमसेरलाई थुनेर राख्नुपर्ने त्यस्तो अपराध गरेको हो त ? माननीयलाई हतकडी लिएर लानुपर्छ ? रवीन्द्र मिश्र भागेर जान्छ त ? यस विषयमा पनि के हो, हाम्रा साथीहरूलाई थुन्ने काम भएकोले उहाँहरूलाई बिना शर्त रिहाइ गर्नुपर्छ ।

राष्ट्रिय गान बजिरहेकै बेला प्रहरीले मञ्चमा टेयर ग्याँस हानेको भिडिओ आइरहेको छ । आन्दोलनकर्मीलाई चारैतिर भाग्नै नदिने गरी घेरिएको छ । सुरू-सुरू हिँडिरहेको सविन महर्जनलाई किन गोली हानियो ? सत्तापक्षले पनि संलग्नता भएको भनिएको छ । न्यायिक छानबिन आयोग गठन हुनुपर्‍यो । यो संविधान परिवर्तनशील छ । यो संविधान निर्विकल्प होइन, जनताले चाहेमा सबै व्यवस्था परिवर्तन हुन्छ । यो साध्य होइन साधन हो । म नै गृहमन्त्री भएको भए के गर्न सक्थ्यो भन्ने हुन्थ्यो, तपाईँ त कानून जानेको मान्छे हो, त्यसैले तपाई शालीन व्यक्ति भएकाले यस्तो व्यक्तिबाट शालीनता देखिएन । तपार्ईंको निर्देशन नभएको हो कि ? विपक्षीको हैसियतले भनेको होइन, यसमा राज्यको पुर्णरुपमा गल्ती छ ।

यो बुद्धिमान तामाङले मात्रै भनेको होइन, राजामा किन भूत देख्नुहुन्छ ? फोटो खिचेर देखाउँदैमा किन तर्सिनुहुन्छ ? म राजसंस्था हुनुपर्छ भन्ने मान्छे त्यसमा विमति छैन । मेरो छोराछोरीलाई म जिउँदो रहँदासम्म राजसंस्थाको विरोध नगर, म मरेपछि जे गर गर भन्छु । कतिपयले २०१७ साल पछिको राजसंस्थाको कुरा गर्छन्, त्यस्तो होइन, हामीले राजसंस्थालाई अभिभावकको रूपमा राख्ने एजेण्डा बोकेर हिँडेका हौँ नि यो २१ औँ शताब्दी हो । २०१७ सालको जस्तो सक्रिय राजसंस्था बोक्ने बहुलाहा हो । त्यस्तो सम्भव छैन। म त स्पष्ट रूपमा भन्छु। म झूट बोल्ने मान्छे पनि होइन ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा