प्रतिगामीहरूले काठमाडौंमा अझै हत्या हिंसा गर्नसक्छन् : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रतिवाद गर्नको लागि नेवार समुदायले काठमाडौंमा भेला गर्न लागेको बताएका छन् । जागरण अभियान लिएर बर्दिया पुगेका प्रचण्डले गुलरिया नगरपालिकाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै काठमाडौंको भेलाको तयारी गर्न आजै फर्किन लागेको बताए ।

उनले भने, आजै हामी काठमाडौं जानुपर्नेछ । काठमाडौंमा पनि हामीले लगातार प्रतिवाद गरिराख्नुपर्ने अवस्था छ । काठमाडौंमा पनि लगातार हामीले हस्तक्षेप गरिराख्नुपर्ने छ । नत्र प्रतिगामीहरूले अझै बढी आगजनी, हत्या हिंसा गर्न सक्ने भएकाले हामीले पर्सी नेवार बुद्धिजीवी र नेताहरूले भेलाद्वारा हामीले ठूलो नेवार समुदायको सम्मेलन गर्ने र हजारौँ उपस्थित गराएर खबरदारी गर्ने सोचेका छौँ । त्यसको तयारी गर्न आजै फर्किँदैछौं ।

उनले आफू नेतृत्वको सरकार ढालेर कांग्रेस एमाले मिलेर बनेको सरकारलाई जनताले नरुचाएको पनि दाबी गरे । उनले भने अपारदर्शी तरिकाले सरकार ढाल्ने र अर्को गठबन्धन बनाउने काम भयो । त्यो असंवैधानिक र असंवैधानिक छ भनेर मैले भन्दै आइरहेको छु, यो जनताको भावना, आकांक्षा र आवश्यकताको पनि विपरीत छ गलत भएको छ । हामी जनताको साथ जुटाएर भ्रष्टाचारको रक्षा गर्ने, कुशासन कायम गर्ने प्रयासलाई विफल पार्ने संकल्प गरेर हामीले अभियान चलाएको छौँ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...