राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीनकुने घटनाको सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षणपत्र बुझाएको हो । यस्तै, राप्रपाले छानबिनका लागि गृहमन्त्रीको राजीनामा, चेत १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी

प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्न, मृतकहरूलाई शहीद घोषणा गरिनुपर्ने पनि माग गरेका छन् । राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवल शमशेर राणा लगायत अन्य बन्दीहरूको रिहाइ, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्ने पनि राप्रपाको माग छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...