नेपाल वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचनः नरेश गेलालको नेतृत्वमा सशक्त टिम तयार



हाम्रो इकोनोमि

 

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन मिति नजिकिएसँगै संघको नेतृत्व कसको पक्षमा भन्ने बहस समेत हुन थालेको छ । दुई वर्षे संघको नेतृत्वका लागि अहिले संयुक्त व्यवसायीहरुको तर्फबाट नरेश गेलालको नेतृत्वमा सशक्त टिम तयार भएको छ । हिजो मात्र काठमाडौको बित्तसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा आयोजित एक कायर्कम्रबीच गेलाल नेतृत्वको टिम घोषणा भएको हो ।

वैदेशिक रोजगार संघको निर्वाचन यही चैत्र २९ गते हुँदैछ । यसकै तयारी स्वरुप संयुक्त व्यवसायीको तर्फबाट गेलालको नेतृत्वमा १७ सदस्यीय सशक्त टिम तयार भएको हो । गेलालको नेतृत्वमा प्रथम अध्यक्षमा सुजितकुमार श्रेष्ठ, दृतीय उपाध्यक्षमा मधुकर रिजाल, तृतीय उपाध्यक्षमा वैकुण्ठ पौडेल(वैभव), महासचिवमा कर्णराज कटुवाल,सचिवमा अनिल कटुवाल र कोषाध्यक्षमा धनु सिंजाली मगर श्रेष्ठ उम्मेदवार हुने भएका छन् । यस्तै सदस्यहरुमा देउमान नेम्वाङ,राजेन्द्र बस्नेत,चन्द्र लिम्वू,हिमा गुरुङ,रमा खड्का,दिनेश बस्नेत,कामेश्वर साह राहुल,छत्र बस्नेत,युवराज देवकोटा र राजेश यादव रहेका छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीका असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार संगठनबीच तालमेल भएर संयुक्त व्यवसायी समूह निर्माण भएको हो । यसर्थ पनि यो टिम अरु टिमभन्दा सशक्त देखिन्छ । एचआर इन्टरनेशनल प्रा.लि.का संचालक, संघका पूर्व महासचिव तथा मञ्चका अध्यक्ष समेत रहेका गेलाल डाइनामिक पर्सनका रुपमा रहेका छन् । संघको नेतृत्व आफूलाई सुम्पिए व्यवसायीहरुको हक र हित संरक्षणका लागि आफूले सधै समय दिन सक्ने उनको कथन रहेको छ ।

 

यस्ता छन् गेलाल समूहकाे प्रतिबद्धता

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...