जडीबुटी उत्पादन कम्पनीमा २८ करोड क्षति



हाम्रो इकोनोमि

 

 

यही चैत १५ गते शुक्रबार राजावादी समर्थकले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गरे । उक्त आगजनीबाट कम्पनीमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कम्पनीको महाप्रबन्धक संगीता यादवको अनुसार प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट २८ करोड बराबरको क्षति भएको विवरण निकालिएको छ ।

जीएमपी अनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरण जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सरकारी निकायको ध्यानाकर्षण हुनुपर्ने यादवले बताइन् ।

कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको भनाइ छ । ‘सबै जलेर खरानीमा परिणत भएको छ । विभिन्न चुनौतीबीच कम्पनीले प्रगति गरिरहेको थियो । शाखा पनि विस्तार गरिरहेका थियौं’, यादवले भनिन्, ‘ कम्पनी पुनः आफ्नै खुट्टामा उभ्याउन पर्छ । त्यसका लागि सबैको साथ सहयोग अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...