ज्ञानेन्द्र शाहमा राजा बन्ने गुण छैन : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको आन्दोलन ‘ग्रान्ड डिजाइन’ अनुसार भएको जिकिर गरेका छन् । उनले कहाँबाट डिजाइन भयो भन्ने चाहीँ बताएनन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालले ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये एक भएको बताए ।

उनले भने, ‘उहाँ नेपालका व्यापारीमध्ये ठूला व्यापारी हुनुहुन्छ, अरू होइन । राजा भनेको त्याग, तपस्या र बलिदान गरेर आउने आदर्श व्यक्ति हुनुपर्छ । कुनै महात्मा वा साधु हुनुपर्छ । पूर्वराजा ज्ञानेन्द्र शाहमा राजामा हुने कुनै गुण नभएको टिप्पणी गर्दै नेपालले राजतन्त्रको वंशाणुगत शासन प्रणालीको आलोचना गरे ।

‘किन चाहियो रगतको शासन ? जनताको मनको शासनलाई नमान्ने, जनताको चेतनामा विश्वास नगर्ने राजा हुन सक्दैनन् । यस्ता सोचले नयाँ हिटलर जन्माउन सक्छ’, उनले भने, ‘संसार दास युग वा सामन्ती युगमा फर्कन सक्दैन । अब पुँजीवादी युगमा पनि बस्ने होइन । समाजवादी युगमा जाने हो । कुनै पनि गाउँको हुलडबाजले मान्छे जम्मा पारेर आन्दोलन गर्नुलाई लोकप्रियता मान्न नसकिने भन्दै उनले राजतन्त्रको पुनर्स्थापनाको सम्भावना नरहेको ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...