आफुविरुद्ध राज्य नै लागेको रवि लामिछानेको आरोप



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नोविरुद्ध राज्य नै लागेको टिप्पणी गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको माग गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकारले लामिछानेलाई सभामुखले सांसद पदबाट निलम्बन फुकुवा नगरे अदालत जाने हो भनेर सोधेका थिए । जवाफमा उनले अदालत जानु अन्तिम विकल्प भएको बताए । आफूले सभामुखलाई नै निलम्बन फुकुवाका लागि आग्रह गरेको बताए । सभामुखले निलम्बन फुकुवा गरिदिनु पहिलो विकल्प रहेको बताए ।कहिलेसम्म अदालत जाने भन्ने प्रश्नमा लामिछाने पन्छिए । यो प्रश्नमा लामिछानेले भने, ‘राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र !

लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् । संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने पहिलो दिन गत माघ १८ गते पनि सभामुख घिमिरेलाई भेटेर लामिछानेले सांसद पद निलम्बन फुकुवाको माग गरेका थिए । आफूले सभामुख र संसदबाटै समाधान चाहेको उनले बताए । सभामुखले राजनीतिक दलहरूसँग छलफल गर्ने प्रतिवद्धता जनाएको लामिछानेले जानकारी दिए । आफू दुई पटकसम्म चितवनबाट निर्वाचित भएको उल्लेख गर्दै उनले आफू थुनामा समेत नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...