राजावादीमा आपराधिक मानसिकता छ : प्रचण्ड



 

 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आपराधिक मानसिकता भएका मान्छे पुष्टि भएको बताएका छन् । नवनिर्वाचित प्रेस सेन्टर नेपालका पदाधिकारीलाई बधाई दिँदै मङ्गलवार बिहान निजी निवास खुमलटारमा उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले अभियान चलाइरहेका बेला प्रतिगमनकारीले टाउको उठाउने र वितण्डामा मच्चाउन खोजेपछि आफूहरुले गणतन्त्रको पक्षमा काठमाडौंमा विशाल जनप्रदर्शन गरेको बताए । तर, आफूहरूको जनप्रदर्शनलाई लक्षित गरेर राजवादीले जनप्रदर्शनका नाममा वितण्डा मच्चाएर आफूहरूलाई अपराधी पुष्टि गरेको बताए ।

उनले भने, ‘हाम्रो पार्टी अभियानमा हुँदा प्रतिगमनले टाउको उठाउने र वितण्डा मच्चाउने समस्या देखियो । त्यसपछि हामीले तुरुन्तै केहि पहल कदमी नलिने हो भने दुर्घटनामा जाने अवस्था देखेपछि अभियानलाई थाती राखेर काठमाडौं केन्द्रित विशाल जनसभा काठमाडौंमा गर्‍यौ । प्रतिगामीले वितण्डा मच्चाएपछि एक जना श्रमजीवी पत्रकार र एक जना श्रमजीवी नागरिक गरेर २ जनाको हत्या गरे । यसले माओवादी केन्द्र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने र नेतृत्व गर्ने शक्ति भएको र राजावादी आपराधिक मानसिकतामा मान्छे हुन भन्ने पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा