दुर्गाका रोयल टास्कफोर्स कमान्डर पक्राउ, प्रसाईं अझै फरार



हाम्रो इकोनोमि

 

 

शुक्रबारको राजावादी आन्दोलनलाई हिंसात्मक बनाउने दुर्गा प्रसाईंका सहयोगी तथा उनको अभियानका रोयल टास्क फोर्स कमान्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई शनिबार प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । नेपाली सेनाको सहसेनानीबाट अवकाश पाएका राजभण्डारी राजावादी आन्दोलनमा आरटीएफ कमान्डरका रुपमा परिचित छन् ।

यसलाई शाही विशेष कार्यदलका रुपमा उनीहरुले स्थापित गरेका थिए । शुक्रबार भएको हत्या, लुटपाट, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म १०० जनाभन्दा बढीलाई पक्राउ गरेको छ, तर दुर्गा प्रसाईं भने फरार छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...