दुर्गा प्रसाईँ इमाडोलबाट भागे, धर्मगुरु खतिवडा पक्राउ



हाम्रो इकोनोमि

 

 

शुक्रबार राजा फर्काउने आन्दोलनको नाममा भएको आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख नाइके मानिएका दुर्गा प्रसाईँलाई अहिले प्रहरीले खोजी गरिरहेको छ । तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई हिजोदेखि भूमिगत भएका छन् । उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर बनाइएका थिए ।

केहीबेर सटरमा लुकेका उनी त्यहाँबाट सिधै विवादास्पद धर्मगुरु पुस्कर खतिवडाको ललितपुरस्थित इमाडोलस्थित घरमा गएको पाइएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए । अधिकारीका अनुसार खतिवडालाई भने पक्राउ गरिसकिएको छ ।

‘तीनकुने क्षेत्रबाट भागेर पण्डित पुस्कर खतिवडाको घरमा राति गएर बसेका रहेछन् । हामीले खतिवडालाई भने पक्रिसकेका छौं’, एसपी अधिकारीले भने । अब पुलिसले नछाड्ने भन्दै प्रसाईँ खतिवडाको घरबाट स्याउ र केरा खाएर मोबाइल स्वीच अफ गरेर निस्किएको प्रहरीले बताएको छ । प्रहरीले गरेको लोकेसन ट्रयाकमा पछिल्लो पटक उनी इमाडोल क्षेत्रमा देखिएका छन् ।

उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाइ गरेका प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी छ । अराजकता मच्चाएको तथा उकासेको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, वकिल स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...