सरकारले राजालाई पक्राउ गर्ने कुरा गरिराख्या छ : धवलशम्शेर



हाम्रो इकोनोमि

 

 

राजावादीहरुको आन्दोलन आज अशान्तपूर्ण बनेपछि भोलिदेखि के हुन्छ भन्ने चिन्ता र चासो सर्वसाधारणमा बढेको छ । यसअघि संयुक्त जनआन्दोलन मुल समितिले शनिबार आन्दोलन नगर्ने र आइतबारदेखि निरन्तर सडकमा आउने घोषणा गरेको थियो । भोलि शनिबार घोडेजात्रा पर्व भएकाले आन्दोलन नगर्ने निर्णय समितिले यसअघि गरेको हो । तर, यो निर्णयमा पुनर्विचार हुन सक्ने राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणा बताउँछन् ।

उनले  भने, ‘भोलि घोडेजात्रा हो हामीले नगर भन्या छौं । तर आज सरकारले जस्तो हरकत र रवैया अपनायो, त्यसले गर्दाखेरि के हुन्छ भन्न सकिँदैन । सरकारले राजालाई पनि पक्राउ गर्ने कुरा गरिरहेकाले जनता आक्रोशित मनस्थितिमा रहेको उनको भनाइ छ ।

राणा भन्छन्, ‘एक जनाको मृत्यू भयो, एक जनालाई गोली लाग्या छ । राजालाई अरेस्ट गर्ने कुरा गरिराख्या छन् । त्यस्तो भयो भने मान्छे आफैं निस्किने स्थिति देखिराख्या छु मैले । परिस्थिति नाजुक छ । जनता थामिन्छन् जस्तो मलाई लाग्या छैन । आज बैठक बसेर अर्को निर्णय लिनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘बैठक बस्ने भन्दा पनि सरकारले के गर्छ, त्यसअनुसार हामीले प्रतिवाद गर्नुपर्ने स्थिति हुन सक्छ ।

संयुक्त जनआन्दोलन समितिले सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको थियो । सरकारले मागको सुनवाइ नगरेको खण्डमा एक हप्तापछि आन्दोलन देशव्यापी बनाउने निर्णय समितिले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...