सरकारले राजालाई पक्राउ गर्ने कुरा गरिराख्या छ : धवलशम्शेर



हाम्रो इकोनोमि

 

 

राजावादीहरुको आन्दोलन आज अशान्तपूर्ण बनेपछि भोलिदेखि के हुन्छ भन्ने चिन्ता र चासो सर्वसाधारणमा बढेको छ । यसअघि संयुक्त जनआन्दोलन मुल समितिले शनिबार आन्दोलन नगर्ने र आइतबारदेखि निरन्तर सडकमा आउने घोषणा गरेको थियो । भोलि शनिबार घोडेजात्रा पर्व भएकाले आन्दोलन नगर्ने निर्णय समितिले यसअघि गरेको हो । तर, यो निर्णयमा पुनर्विचार हुन सक्ने राप्रपा महामन्त्री तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणा बताउँछन् ।

उनले  भने, ‘भोलि घोडेजात्रा हो हामीले नगर भन्या छौं । तर आज सरकारले जस्तो हरकत र रवैया अपनायो, त्यसले गर्दाखेरि के हुन्छ भन्न सकिँदैन । सरकारले राजालाई पनि पक्राउ गर्ने कुरा गरिरहेकाले जनता आक्रोशित मनस्थितिमा रहेको उनको भनाइ छ ।

राणा भन्छन्, ‘एक जनाको मृत्यू भयो, एक जनालाई गोली लाग्या छ । राजालाई अरेस्ट गर्ने कुरा गरिराख्या छन् । त्यस्तो भयो भने मान्छे आफैं निस्किने स्थिति देखिराख्या छु मैले । परिस्थिति नाजुक छ । जनता थामिन्छन् जस्तो मलाई लाग्या छैन । आज बैठक बसेर अर्को निर्णय लिनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘बैठक बस्ने भन्दा पनि सरकारले के गर्छ, त्यसअनुसार हामीले प्रतिवाद गर्नुपर्ने स्थिति हुन सक्छ ।

संयुक्त जनआन्दोलन समितिले सरकारलाई एक हप्ताको अल्टिमेटम दिएको थियो । सरकारले मागको सुनवाइ नगरेको खण्डमा एक हप्तापछि आन्दोलन देशव्यापी बनाउने निर्णय समितिले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...