समाजवादी मोर्चाको विरोधसभा झलनाथ नजाने



हाम्रो इकोनोमि

 

 

समाजवादी मोर्चाले आज काठमाडौंमा विरोधसभा गरेको छ । मोर्चाको विरोध प्रदर्शन विभिन्न ठाउँबाट सुरु भइसकेको छ । याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ । सभालाई मोर्चामा आबद्ध चार दलका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने भएको छ। सरकार र राजावादीहरूलाई दबाब दिनको लागि मोर्चाले आज प्रदर्शन गरेको हो ।

आजको सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका अध्यक्ष महिन्द्रराय यादले सम्बोधन गर्नेछन् । यसैबीच, मोर्चामा चार पार्टीका अध्यक्षहरूले मात्रै सम्बोधन गर्ने तय भएपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने सभामा नजाने भएका छन् । खनाल यसअघिदेखि नै मोर्चाप्रति सकारात्मक सुनिँदैनन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...