८ स्थानबाट समाजवादी मोर्चाले जुलुस निकाल्ने



हाम्रो इकोनोमि

 

 

राजावादीहरू सक्रिय भएपछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दैछ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सो¥हखुट्टे जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतिदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् । अपरान्ह् १२ बजेबाट सुरू हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ। तर, सो सभालाई कस कसले सम्बोधन गर्ने भन्ने अझै सार्वजानिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...