गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम



हाम्रो इकोनोमि

 

 

 नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ । आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिएमा चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा आज गरियो ।

आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुवेदीले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन दलहरूलाई आह्वान गरे , उनले भने, ‘यदि हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेमा त्यसबाट सिर्जित हुने परिस्थितिको जिम्मेवार सरकार र गणतन्त्रवादी दलहरू हुनेछन् । चैत १६ गते घोडेजात्रा भएकाले त्यस दिन कुनै पनि आन्दोलनका कार्यक्रम नगर्ने निर्णय समितिले लिएको छ । १७ गतेदेखि भने निरन्तर आन्दोलन हुने सुवेदीले बताए ।  

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...