३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्तालाई ५० प्रतिशत छुट



हाम्रो इकोनोमि

 

 

सरकारको पूर्ण स्वामित्व रहेको नेपाल विद्युत् प्राधिकरणले गरिब जनताका लागि विद्युत् सेवाशुल्क छुट योजना लागू गर्ने तयारी थालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताहरूलाई मासिक विद्युत् सेवाशुल्कमा ५० प्रतिशत छुट दिइने तयारी थालिएको हो । विगतमा २० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताले मासिक ३० रूपैयाँ सेवा शुल्क तिर्दै आएका थिए ।

शाक्यका अनुसार मंगलबार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सेवाशुल्कमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको हो र विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि सिफारिस गरिएको छ ।  यस निर्णयले न्यून आय भएका र कम बिजुली बाल्ने उपभोक्ताहरूलाई आर्थिक राहत प्रदान गर्नेछ । नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि यो योजना कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...