एमालेको ११ औँ महाधिवेशन सर्वसम्मत हुन्छ : उपाध्यक्ष पौडेल



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आगामी ११ औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने भएकाले कुनै व्यक्ति विशेषको फेरो नसमाउन कार्यकर्तालाई निर्देशन गरेका छन् ।आफ्नो निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं २ मा पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा उनले यति ठूलो पार्टीभित्र कुनै व्यक्ति विशेषको गुटबन्दीमा नरमाउन उनको आग्रह थियो ।

महाधिवेशन र त्यसमा कुनै गुट-उपगुट नहुने भएकाले सबै नेता कार्यकर्तालाई त्यस प्रकारको काममा नलाग्न उनको निर्देशन थियो । पौडेलले गुटबन्दी गर्ने नेता कार्यकर्तामाथि निर्मम भएरै कारबाही गर्ने बताए । पार्टीको नीति नियममा हिँड्न र कुनै पनि नेताका पछाडि नलाग्न आग्रह मात्रै गरेनन् पार्टीको विधि विपरीत गुटबन्दी गर्ने विरुद्ध सूक्ष्म अध्ययन भइरहेको बताए ।

११ औँ महाधिवेशन सर्वसम्मत हुन्छ, कुनै दबाबले सर्वसम्मत हुने होइन, विश्वासले सर्वसहमति हुने हो, माथि यस्तो अवस्था छ तर तल केही व्यक्ति रमाउनका लागि किन अनावश्यक चर्चामा समय खर्चिनुपर्‍यो ?’ उनले भने- ‘गुटबन्दीको धन्धाले केही हुँदैन, पार्टीका पछि लाग्नुस् व्यक्तिको होइन, यस्तो धन्धामा कोही नलाग्नुस् ।’ उपप्रधान तथा अर्थमन्त्री रहेका पौडेलले रुपन्देहीबाट राजनीतिक संस्कार अघि बढाउनुपर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...