माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र स्ववियु चुनावको परिणामले माओवादी सकियो भन्नेहरुलाई जवाफ दिएको बताएका छन् । तराई मधेश जागरण अभियानको क्रममा बारा आयोजित सभालाई सम्बोधन गर्दै स्ववियु चुनावको परिणामले माओवादी कसैको बैशाखी नटेकी उभिनसक्छ भन्ने सन्देश दिएको बताए ।

उनको भनाइ-

स्ववियु निर्वाचन भर्खरै सम्पन्न भएको छ । केहीमा हुँदैछ। त्यो निर्वाचनमा युवा उच्च शिक्षा अध्ययन गर्नेहरुको रुझान कता जाँदैछ भन्ने संकेत दिइएको छ । यो पटक साँच्चै नै केही नयाँ इतिहासको रचना भएको छ ।

हिजो माओवादी केन्द्र अरुको बैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र कांग्रेसहरुले बनाएका थिए । तर गएको उपचुनावमा हामीबाट हामी कसैको बैशाखी टेकेर होइन । आफ्नै खुट्टामा उभिएर परिणामलाई आफ्नो पक्षमा पार्न सफल छौं भन्ने सावित गरेका थियौं । कांग्रेस र एमाले मिलेर लड्दा मात्रै होइन, चुनाव चिन्ह साटासाट गरेर एकैठाउँमा उभिँदा पनि माओवादीले अत्याधिक मतले विजयी भएर हामीले सावित गरेका छौं । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्दा फाइदा उनीहरुलाई भएको थियो। हामीलाई घाटा भएको प्रमाणित भयो ।

अहिले स्ववियु निर्वाचनमा आउँदा पनि नेविसंघ र अनेरास्ववियु मिलेर लडेको क्याम्पसमा पनि एक्लै अखिल क्रान्तिकारीले विजयी हासिल गरेको छ । तीसौं बर्षका इतिहास तोडिएका छन् । महेन्द्र मोरङ जस्ता क्याम्पसहरुमा विजयीको झण्डा फहराएका छन् । ती सबै युवा विद्यार्थीहरु अब यथास्थितीको पक्षमा छैनन्, अग्रगम, प्रगति र माओवादीको पक्षमा छन् भन्ने प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...