आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा



हाम्रो इकोनोमि

 

 

नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा निर्यात ५७.२० प्रतिशतले बढेको हो । भन्सार विभागका अनुसार चालू आवको आठ महिनामा एक खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५७.२० प्रतिशत बढी हो । त्यसबेला एक खर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

चालू आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११.२० प्रतिशत बढी हो । सो अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १३ खर्बभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा १३ खर्ब ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । गत आवको सोही अवधिमा ११ खर्ब ३० अर्ब ८४ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । यस अवधिमा नेपालले ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ९ खर्ब २९ अर्ब ५२ करोड बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...