गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले त्यतिबेला ज्ञानेन्द्रले मुर्खतामार्फत आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका हुन् । ज्ञानेन्द्रले मुर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने उनको भनाइ थियो ।

‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा त्यतिबेला तत्कालिन राजा ज्ञानेन्द्र, अहिले त पूर्वराजा भन्ने गरिएको छ । हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको निम्ति आधार तयार पार्‍यौं । ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई सहयोग गरेकै हो, प्रचण्डले थप व्याख्या गर्दै भने, ‘उनले धेरै मुर्खता नगरेको भए सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो । भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण भूमिका छ ।

पछिल्लो समय राजतन्त्र पुनस्थापनाको कलाविहीन नाटक प्रदर्शन भइरहेको जिकिर गर्दै अध्यक्ष प्रचण्डले यसले पनि समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सहयोग भएको बुझ्नुपर्ने बताए ।

‘अहिले फेरि राजतन्त्र पुनस्थापनाको कलाविहीन नाटक प्रदर्शन गरेर नेपाली जनता अझै जागरुक हुन र समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न नयाँ सकंल्पको आधार तयार गरेका छन् । यसमा पनि ज्ञानेन्द्र शाहको भूमिका महत्त्वपूर्ण नै हुन्छ भनेर बुझ्नुपर्छ, प्रचण्डले भने । कुनै पनि कथा, उपन्यास, फिल्म चल्नका लागि हिरोमात्रै भएर नहुने भन्दै अहिले भिलेनको रुपमा राजावादीहरू सक्रिय भएको बताए ।

‘कुनैपनि कथा, उपन्यास, फिल्म हिरोले मात्रै चल्दैन । त्यहाँ भिलेन पनि चाहिन्छ । भिलेनको रोल राम्रो भएन भने हिरो सक्रिय नहुनसक्छ । अहिले भइराखेको त्यही हो,’ प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...