अमेरिकामा ग्रीनकार्डधारीहरू पनि असुरक्षित



हाम्रो इकोनोमि

 

 

अमेरिकामा रहेका अवैध आप्रवासीहरू यसअघि नै त्रसित छन्, अब त ग्रीनकार्डधारीहरू पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक निर्वासन अभियानको सिकार बन्ने भएका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीनकार्डधारीहरूलाई सधैंभरि अमेरिका बस्ने अधिकार नरहेको बताएपछि थप आप्रवासीहरूमा तनाव थपेको छ ।

‘ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार मिल्छ भन्ने होइन,’ भान्सले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा बताएका छन् । भान्सको अमेरिकी सरकारलाई ग्रीनकार्डधारीहरूलाई पनि निष्कासन गर्ने अधिकार रहेको अभिव्यक्ति सार्वजनिक भएपछि अमेरिकामा थप आप्रवासीहरू भयभित बनेका छन् ।

सामान्यतः ग्रीनकार्ड प्राप्त आप्रवासीले कानुनी रूपमै स्थायी रूपमा अमेरिका बस्न पाउँछन् । यो कार्ड पाएका आप्रवासीलाई अमेरिकामा स्थायी रूपमा बसोवास गर्न र काम गर्ने अधिकार  हुन्छ ।

भान्सको अभिव्यक्तिसँगै युक्रेनी शरणार्थीहरू ट्रम्पले अस्थायी रूपमा अमेरिकामा बस्ने अनुमति उल्ट्याउने हुन् कि भन्ने असमञ्जसमा परेका छन् । अब, ग्रीन कार्ड होल्डरहरू आफैं पनि ट्रम्पको निर्वासन सूचीमा परिने हो कि भन्ने चिन्तामा पर्न थालेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार शनिबार राति विद्यार्थी आन्दोलनका नेताहरू मध्येका एक ग्रीन कार्ड होल्डर महमूद खलील पक्राउ परेपछि यो डर झन् बढेको छ ।

सन् १९९५ मा सिरियामा प्यालेस्टिनी बाबुआमाका सन्तानका रूपमा जन्मिएका खलीललाई अमेरिकी गृह सुरक्षा विभागको आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आईसीई) टोलीले न्यूयोर्क सिटीको सडकबाट कुनै चेतावनीबिना पक्राउ गरेको हो ।सोमबारसम्म बेपत्ता बनाइएका खलीललाई उनका वकिलले न्यूयोर्कबाट १,००० माइल टाढा लुइसियानाको एक हिरासत केन्द्रमा स्थानान्तरण गरिएको पत्ता लगाए ।

झन् आश्चर्यलाग्दो कुरा के भने, पक्राउ गर्ने अधिकारीहरूले खलीललाई कुनै अपराधमा आरोप लगाएनन्। खलीलकी आठ महिनाकी गर्भवती अमेरिकी पत्नीका अनुसार प्रारम्भमा आईसीई टोलीले खलीलले कोलम्बिया विश्वविद्यालयका लागि विद्यार्थी भिसा गलत तरिकाले प्राप्त गरेको आरोप लगाएको थियो  ।

तर खलील ग्रीन कार्ड होल्डर हुन् र उनले भिसा लिइरहनु पर्दैन भन्ने थाहा पाएपछि पनि प्रहरीले कारबाही रोकेन र उनलाई नियन्त्रणमा लिएर गए । अब ट्रम्प प्रशासन खलीललाई अमेरिका बस्न अयोग्य ठहर गर्न खोजिरहेको छ, जसको मुख्य कारण अघिल्लो वर्ष कोलम्बिया विश्वविद्यालयमा भएका विद्यार्थी प्रदर्शनहरूमा उनको नेतृत्व रहेको बताइएको छ ।

खलील सन् २०२३ देखि कोलम्बियामा अध्ययन गर्दै आएका छन् । उनी इजरायलले गाजामा गरेको आक्रमणको कट्टर आलोचक हुन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको युद्ध मन्त्रिपरिषद्को समर्थन गरेकोमा निन्दा गरेका थिए ।

अब, उनी ट्रम्पको ‘अमेरिकालाई पुनः महान बनाऊ’ अभियानसँग असहमत हुने आप्रवासीहरूका लागि चेतावनीको प्रतीक बनेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले खलीललाई ‘हमास आतंकवादीहरूका पक्षमा उभिएको’ आरोप लगाइन् । खलीलमाथि कोलम्बियामा पठनपाठन अवरुद्ध गरेको, यहूदी-अमेरिकी विद्यार्थीहरूलाई असुरक्षित बनाउने काम गरेको र हमासको पक्षमा प्रचार सामग्री बाँड्न संलग्न रहेको पनि आरोप लागेको छ ।

उनले ती सामग्रीहरूको प्रतिलिपि आफूसँग रहेको दाबी गरिन्, तर ह्वाइट हाउसको ‘गरिमा’ जोगाउन तिनलाई सार्वजनिक नगरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...