काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त



हाम्रो इकोनोमि

 

 

राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि छ । नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु मर्कामा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाइरहेको छ ।

यसअघि राप्रपाले बिजुलीबजारबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली निकाल्दा पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएका छन् ।

काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको र्‍ययाली तिनकुनेमा जम्मा भएर विमानस्थलतर्फ अगाडि बढेको छ । यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला भएर विमानस्थलतर्फ अगाडि बढेको छ ।

अहिले विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) अगाडि ज्ञानेन्द्र शाहका समर्थकहरुको भिड जम्मा भएको छ । उनीहरुलाई रोक्न सडकको दुवैतर्फ सुरक्षाकर्मीहरु तैनाथ छन् । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीहरु खटाइएको छ । पूर्वराजा शाहको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई हाई अलर्टमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...