काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त



 

 

राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि छ । नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु मर्कामा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाइरहेको छ ।

यसअघि राप्रपाले बिजुलीबजारबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली निकाल्दा पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएका छन् ।

काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको र्‍ययाली तिनकुनेमा जम्मा भएर विमानस्थलतर्फ अगाडि बढेको छ । यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला भएर विमानस्थलतर्फ अगाडि बढेको छ ।

अहिले विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) अगाडि ज्ञानेन्द्र शाहका समर्थकहरुको भिड जम्मा भएको छ । उनीहरुलाई रोक्न सडकको दुवैतर्फ सुरक्षाकर्मीहरु तैनाथ छन् । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीहरु खटाइएको छ । पूर्वराजा शाहको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई हाई अलर्टमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको