५ लाख मान्छे उतार्ने ज्ञानेन्द्र शाहीको दावी



हाम्रो इकोनोमि

 

 

 

 

 

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थानमा राजावादीहरुको चहलपहल सुरु भएको छ । राजावादी विभिन्न दल र संघ–संगठनहरु राजाको स्वागतमा जुट्दैछन् ।

आजको प्रदर्शनको नेतृत्वले औपचारिक रुपमा कसैले पनि गरेको छैन । राजसंस्था समर्थकन सबै व्यक्ति तथा समूहले आमजनतालाई पूर्वराजाको स्वागतमा आउन अपिल गरेका छन् । कुनै पनि पार्टीको ब्यानर वा झण्डाबिना प्रदर्शन गरिने छ । प्रदर्शनकारीले राष्ट्रिय झण्डा बोक्नेछन् ।

राजावादी सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेन पूर्वराजाको स्वागतमा जाने छन् । अर्को राजावादी दल राप्रपा नेपालका अध्यक्ष कमल थापाको सहभागीता हुने नहुने निधो भइसकेको छैन । सो पार्टीका प्रवक्ता राजाराम बर्तौलाले केहीबेरमै अध्यक्षले निर्णय लिने बताए ।

बर्तौलाका अनुसार आजको प्रदर्शनलाई लिएर राप्रपा र राप्रपा नेपालबीच कुनै पनि संवाद भएको छैन । उनले भने, ‘यो स्वतःस्फुर्त प्रदर्शन हो । राजसंस्थाप्रति झुकाव राख्ने जुनसुकै पार्टीमा आवद्ध नागरिकहरु उपस्थित हुनुहुनेछ । अप्रत्याशित जनसहभागीता हुन सक्छ ।

आजको प्रदर्शनको व्यवस्थापनमा खटिएका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले भने ५ लाख मान्छे काठमाडौंमा उतारिने दावी गरे । सबै राजावादी शक्तिहरुले एकीकृतरुपमा प्रदर्शन गर्ने उनको भनाइ छ । उनले भने अहिले हामी एयरपोर्ट जाने क्रममा छौं । विभिन्न ठाउँमा नेता–कार्यकर्ताहरु जम्मा हुन थालिसक्नुभएको छ । ५ लाखभन्दा बढी मानिस उतार्ने हाम्रो लक्ष्य हो ।

राजावादीहरुले पूर्वराजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेर निर्मल निवाससम्म पुर्याउने छन् । यसबीचमा कुनै औपचारिक कार्यक्रम वा पूर्वराजाले सम्वोधन गर्ने घोषित तालिका भने छैन ।

शाहीले भने निर्मल निवास पुर्याएर फर्किने होइन । केही न केही हुन्छ । अहिले तय भइसकेको छैन । आज राप्रपा र राप्रपा नेपाल बाहेक दुर्गा प्रसाईका कार्यकर्ताहरु पनि विमानस्थल जानेछन् । यस्तै शिवसेना नेपाल, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत राजसंस्था समर्थक समूहहरु पनि प्रदर्शनमा मिसिने तयारी छ । पूर्वराजा शाह ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । विमानस्थल गेटमा अहिल्यैबाट कडाइ गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...