एसईई परीक्षामा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने



हाम्रो इकोनोमि

 

 

आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् । निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । ‘परीक्षा केन्द्र केही थपघट हुनसक्छ,’ ज्ञवालीले भने ।

धमाधम प्रश्नपत्र छपाइ, जिल्ला-जिल्लामा पठाइँदै

विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ । निमित्त परीक्षा नियन्त्रक ज्ञवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइको काम भइरहेको छ । प्रश्नपत्रको गोपनीयताको लागि परीक्षा नियन्त्रक नन्दलाल पौडेल प्रश्नपत्र छपाइस्थलमै बसिरहेका छन् । ‘प्रश्नपत्रको सुरक्षा र गोपनीयताको लागि नन्दलाल सर छपाइस्थलमै बस्नु भएको हो  निमित्त नियन्त्रक ज्ञवालीले भने ।

प्रदेश-प्रदेशमा कार्यशाला गरेर ल्याइएको प्रश्नलाई छनोट गरेर प्रश्नपत्र बनाइएको छ । नियन्त्रक ज्ञवालीका अनुसार केन्द्रले प्रश्नपत्र मात्र छपाइ गर्ने र बाँकी व्यवस्थापनको काम प्रदेश र जिल्लाले गर्ने छ । ‘केन्द्रबाट प्रश्नपत्र छपाइको काम मात्र हो । परीक्षा केन्द्र जिल्ला स्थित परीक्षा समन्वय समितिले गर्ने छ,’ उनले भने । समन्वय समितको अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सदस्य सचिवमा जिल्ला शिक्षा इकाइका प्रमुख र सदस्यमा सुरक्षा निकायका प्रमुख रहने छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...