कलाकार धुर्मुस–सुन्तलीविरुद्ध अदालतमा मुद्दा दायर



 

कलाकार तथा सामाजिक अभियन्ताहरू सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध मुद्दा दायर भएको छ । पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कम्पनीबाट पटक–पटक गरी छड लिएको तर उक्त सामग्रीको रकम हस्तान्तरण नगरेको भन्दै कम्पनीले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।  धुर्मुस–सुन्तलीविरुद्ध लेनदेन कसुरमा मुद्दा दायर भएको स्रोतले बताएको छ । कम्पनीले देवानी मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी रोकिएको उल्लेख गर्दै फिरादपत्र दायर गरेको हो । २०७५ माघ १६ गते आर्थिक सहयोग जुटाएर उनीहरूले चन्दामार्फत चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा गरेर निर्माणमा हात हालेका थिए ।  रंगशाला निर्माणका लागि सामाजिक सञ्जालबाट चन्दा उठाउनेसहित उनीहरूले भरतपुर महानगरपालिकासहित सरकारी निकायसँग पनि सम्झौताहरू गरेका थिए । 

महानगर र फाउन्डेसनबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता डा शशांक कोइराला, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित ११ जनाको रोहबरमा स्वामित्व हस्तान्तरणका लागि सम्झौता भएको थियो । सम्झौतामा स्रोत अपुग भएमा आपसी सहमतिका आधारमा स्रोत जुटाई निर्माण कार्य सम्पन्न गर्ने दुवैको दायित्व हुने उल्लेख छ । त्यसैबीच कोरोना महामारीका कारण स्थिति बिग्रिएपछि स्रोत जुटाउन नसकेको भन्दै धुर्मुस सुन्तलीले रंगशाला निर्माणबाट हात झिकेका थिए । फाउन्डेसनले निर्माण गर्न नसक्ने व्यहोरासहित भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । २०७८ माघ २० गते फाउन्डेसनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । तर स्वामित्व हस्तान्तरणको तीन वर्ष भइसक्दा पनि १ सय ३६ कम्पनीहरूलाई भुक्तान गर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन । यस विषयमा फाउन्डेसनका कट्टेलसँग बुझ्दा मञ्जुरीनामामा ऋणको दायित्व पनि महानगरले भुक्तानी गर्नेगरी हक हस्तान्तरण गरिए पनि भुक्तानी नहुँदा त्यसबाट आफू पीडित भएको बताए ।  सहमतिअनुसार ऋण भुक्तानी गरिदिन अनुरोध गर्दै पछिल्लो समय दैनिकजसो सिंहदरबार धाइरहेको र विभिन्न मन्त्रालय तथा मन्त्रीहरूसँग उक्त ऋण भुक्तानी गरिदिन अनुरोध गरिरहेको उनले बताए । ‘रंगशाला निर्माणका क्रममा निर्माण सामग्री लगायतको खरिदमा १८ करोडभन्दा बढी ऋण लागेको थियो । भरतपुर महानगरपालिकाले स्वामित्व लिइसके पनि उक्त ऋण भुक्तानी हुन नसक्दा त्यसको बोझ मैले बोकेर हिँड्नुपरेको छ । त्यो तनावबाट मुक्त हुन अहिले दैनिक सिंहदरबार धाइरहेको छु,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको