५ वटा अध्यादेश प्रतिनिधि सभामा पेश हुदै



हाम्रो इकोनोमि

 

 

सरकारले भूमि सम्बन्धीबाहेकका अन्य ५ वटा अध्यादेश प्रतिनिधि सभाको भोलि फागुन २१ गतेको बैठकमा पेश गर्ने भएको छ । आर्थिक गतिविधि वृद्धि गर्ने र अर्थतन्त्र चलायमान गर्न सहज हुने ५ वटा अध्यादेश संसदका दुवै सदनमा पेश हुने भएका हुन् ।

भूमि सम्बन्धी अध्यादेशमा भने जसपा नेपालले असहमति जनाएका कारण अझै थप छलफल गरेर प्रतिस्थापन विधेयक ल्याउने वा अन्य उपायबारे थप छलफल भइरहेको छ । जसपा नेपालले साथ नदिँदा राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले योबाहेक अन्य अध्यादेश पेश हुन लागेको हो । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भोलिको प्रतिनिधि सभा बैठकमा अध्यादेश पेश हुने बताए । त्यसअघि आजै दिउँसो सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

जसपा नेपाल अरू अध्यादेश पारित गर्न सहमत भएको छ । यसअघि बालुवाटारमा भएको बैठकमा धेरै विषयमा सहमति जुटेको बताइएको छ । जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्रीमा अडान राखेको छ । अहिले कांग्रेस एमालेले जनमत पार्टीलाई मुख्यमन्त्रीमा सघाएका छन् । मधेशमा जनमतका सीके राउत र जसपाका उपेन्द्र यादवबीच बेमेल छ । राष्ट्रिय सभामा जनमतको प्रतिनिधित्व नभएकाले कांग्रेस एमाले उपेन्द्रलाई समेट्ने दबाबमा छन् । मधेशको मुख्यमन्त्री र संघीय सरकारमा पनि मन्त्रालय पाउँदा जसपा नेपाल भूमि अध्यादेश पनि पारित गर्न तयार रहेको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...