वामदेव गौतम तत्काल एमालेमा नफर्किने



 

 

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल एमालेमा नफर्किने भएका छन् । सरकारले ल्याएका विभिन्न ६ अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत गराउने कुरामा पनि गौतमले ‘विवेक प्रयोग गर्ने’ भनेका छन् । उनी राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रियसभा सदस्य पनि हुन् । सोमबार गौतमले भने, ‘सम्मानजनक एकता गरौं भन्ने मनस्थिति थियो, तर उहाँहरूले समायोजनका नाममा आत्मसमर्पण गर्न बोलाउनुभयो । एमालेको सचिवालय बैठकले गौतमसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरेपछि केही चरणमा छलफल भएको उनले बताए । तर, भूमिका र जिम्मेवारीबारे स्पष्ट जवाफ नपाएपछि एकताको सम्भावना टरेको उनले बताए । अहिलेलाई वार्ता टुट्यो उनले भने । राष्ट्रियसभामा पुगेका अध्यादेश स्वीकृत गराउने विषयमा एमालेले गौतमसहितका सांसदसँग कुरा गर्दा उनले ठोस जवाफ दिएका छैनन् । बहुमतको अभावमा अध्यादेश पारित गर्ने विषय पेचिलो बनिरहेको बेला गौतमले ‘विवेक प्रयोग गर्ने’ भनेपछि उक्त विषय अझै पेचिलो बन्ने भएको छ ।

गौतमले भने मैले गर्ने कुरा मैं गर्छु, तपाईंहरुलाई भनेरै गर्नुपर्छ र । उनले थपे अध्यादेश स्वीकृत गर्नुहुन्छ कि हुँदैन भन्ने कुरामा मैले आफ्नो विवेक प्रयोग गर्ने हो । एमालेका कतिपय नेताले भदौमा आयोजना गरिने विधान अधिवेशनबाट गौतमका निम्ति उचित पद सिर्जना गरिने र त्यसपछि पार्टीमा आउन आग्रह गरिरहेको उनले सुनाए । भदौपछि आउनुस्, अहिले कतै नजानुस् भनेका छन्’ एमाले नेताहरुको भनाइ सुनाउँदै उनले भने के गर्ने हो, म यसै भन्न सक्दिनँ । एकताकै विषयमा नेकपा (माओवादी केन्द्र) एकीकृत समाजवादी, जसपाहरूसँग पनि बारम्बार कुराकानी भइरहेको उनले बताए । ‘कुरा त सबैसँग चलिराखेकै छ उनले भने ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको