पारस शाहलाई हृदयघात , नर्भिक अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

 

पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ । ‘हिजो बेलुका हृदयघात नै भएर आउनु भएको थियो । हामीले एन्जीयोप्लाष्टिक गर्यौं,’ ती चिकित्सकले भने,  अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ । चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ, भन्ने प्रश्न ती चिकित्सकले भने, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ । ती चिकित्सकका अनुसार अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...