पार्टीका जनसंगठनलाई विवादरहित बनाउनुपर्छ : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका जनसंगठनलाई विवादरहित बनाउनु पर्ने बताएका छन् । नेकपा एमाले जनसंगठन संयन्त्रको बैठकलाई सोमबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले यसले संगठनलाई एकताबद्ध बनाउने बताए । ‘वैशाखसम्म जनसंगठनका अधिवेशन गर्ने भनेर तयारी भएको छ, अधिवेशन जति समझदारीका साथ, एकताका साथ निर्विवाद गर्न सकियो स्वाभाविक रूपमा त्यसले काममा सहजता प्राप्त हुन्छ, त्यस बारेमा अहिलेदेखि नै सोच्नु पर्छ’, उनले भने ।

पोखरेलले यस विषयमा जनसंगठन संयन्त्रका प्रमुख, जनसंगठनका इन्चार्जहरू र संगठनका अध्यक्षहरूलाई गम्भीर हुन महासचिव पोखरेलले आग्रह गरे । ‘सुरुदेखि नै मिहिनेत गर्‍यो भने त्यो गर्न सकिन्छ, पछि एकै चोटी गर्दा नमिल्न सक्छ, छलफल गर्दै जाँदा सबै विषय टुङ्गिन्छन्, वातावरण बनायो भने चुनाव नै गराउनु पर्ने स्थिति नबन्न सक्दछ, म बलियो छु भन्ने बुझाइले चुनाव हुने त हो नि’, पोखरेलले भने ।

पोखरेलले एमालेका जनसंगठनहरुको अधिवेशन सन्देशमूलक हुनुपर्नेमा जोड दिए । ‘नवीन सोच र योजनाहरू अधिवेशनबाट सार्वजनिक हुनु पर्दछ, हाम्रो ध्यान बढी निर्वाचनमा केन्द्रित भएको छ, फरक ढङ्गले अघि बढ्ने कुरा महाधिवेशनमा हुनुपर्दछ’, उनले भने । जनसंगठनलाई आधारभूत तहसम्म स्थापित गर्न पार्टीले जनकेन्द्रित अभियान सञ्चालन गरेको पोखरेलले बताए । ‘जनसंगठनको विस्तार र विकासको लागि यो अभियान महत्त्वपूर्ण छ, त्यसैले यो अभियानलाई जनसंगठनले महत्त्व दिनु पर्दछ’, पोखरेलले भने ।

नेकपा एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा भएको बैठकमा जनसंगठनका इन्चार्जहरू, जनसंगठनका अध्यक्षहरू, पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...