एमाले मोरङ अधिवेशनमा २ प्यानलबीच भिडन्तको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले मोरङको १०औं अधिवेशनको बन्द सत्र सुरू भएको छ । शनिबारबाट जारी अधिवेशनमा ढिला गरी बन्द सत्र सुरू भएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि नेतृत्वले दबाबकाबीच माहोल चुनावकै बनिरहेको छ । कोशी प्रदेशका १३ जिल्लामा अधिवेशन सकिएपछि मोरङ बाँकी थियो ।

बन्द सत्रमा संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले प्रतिवेदन पेस गरिसकेका छन् । अध्यक्षका लागि राजकुमार ओझा र अजम्बर राईले भोट माग्न थालेका छन् । पदाधिकारीमा समेत प्यानल बनाएरै प्रतिस्पर्धा हुने देखिएको छ ।

ओझा प्यानलबाट उपाध्यक्षमा शान्ति लिम्बू र सचिवमा रविन थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । उपसचिव उम्मेदवार यकिन भइसकेको छैन । ओझालाई स्थायी कमिटी सदस्यहरू शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल र प्रदेश अध्यक्ष घनश्याम खतिवडाको साथ छ ।

संस्थापन पक्षबाटै बाबुराम कार्की पनि उम्मेदवार बन्ने आशामा छन् । तर, उनको सम्भावना क्षण रहेको स्रोत बताउँछ । राई समूहबाट भने उपाध्यक्षमा सागर थापा र सचिवमा सोम थापाले उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू पनि प्रतिनिधिसँग भोट माग्न थालेका छन् । यो प्यानलबाट सन्तोष वान्तवा र उषा झाले उपसचिवमा मनोनयन गर्ने तयारी गरेका छन् ।

राई समूहलाई विनोद ढकालको समूहका रूपमा हेरिएको छ । ढकाल एमाले प्रदेशको अध्यक्षमा पराजित भएसँगै असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका छन् । कुनै बेला ओलीकै विश्वास पात्र रहेका ढकाल अहिले भने संस्थापन पक्षसँग रुष्ट छन् । उनको प्रभाव जिल्लामा बलियो रहेकाले निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान छ ।

जिल्लामा आफ्नो प्रभाव कायमै रहेको सन्देश दिन पनि ढकाल पक्ष जसरी पनि निर्वाचनमा जाने योजनामा छ । यद्यपि संस्थापन पक्ष निर्वाचन रोकेर सर्वसम्मत नेतृत्व चयनको कसरतमा रहेको छ । एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले सर्वसम्मत नेतृत्व चयनको पहल भइरहेको बताए । अधिवेशनमा ९१४ जना प्रतिनिधि उपस्थित छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...