रास्वपा नेता मोहन थापा अमेरिकामा पक्राउ



हाम्रो इकोनोमि

 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग अत्यन्त निकट भनेर चर्चामा आइरहने र ढाका कुमार श्रेष्ठले पैसाको लेनदेन गरेको आरोप लागेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन् ।

अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ । थापालाई के अपराधमा पक्राउ गरिएको भन्ने खुलेको छैन ।

बाल्टिमोरस्थित नेपालीहरुको छाता संगठन बानाका पूर्व अध्यक्ष समेत रहेका थापाको पक्राउबारे संस्थाका अगुवाहरुलाई एक साताअघि नै जानकारी आए पनि गोप्य राखिएको थियो । पछिल्लो समय धेरैजसो नेपालमै बस्दै आएका रास्वपा नेता थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए ।

बानाका संस्थापक अध्यक्ष समेत रहेका थापा यसअघि दुई तीनपटक जेलमा परिसकेको एक व्यवसायीले बताए । थापामाथि नेपालमा सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान थालिएपछि गत सातो अमेरिका फर्किएका थिए । ग्रीनकार्ड भएको व्यक्ति अस्वभाविकरुपमा ओहोरादोहोर गरिरहदा पनि त्यहाँको अध्यागमन विभागले पक्राउ गरेर सोधपुछ गर्ने गरेको छ ।

विभिन्न व्यक्तिलाई फ्रड लाइसेन्स बनाएको अभियोग उनीमाथि थियो । राष्ट्रपति ट्रम्प निर्वाचित भएपछि विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर सम्बन्धित देशमा पठाउने प्रक्रिया चलिहरहेको बेला थापालाई नेपाल फर्काउने आशंका समेत गरिएको छ ।

थापाले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट आह्वान समेत गरेका थिए । प्रधानमन्त्री सहभागी हुने एक कार्यक्रममा उनको नेतृत्वमा सो घटना हुने हल्लापछि त्यहाँको प्रशासनले सुरक्षा कारण देखाउँदै प्रधानमन्त्रीको कार्यक्र म रद्द गर्न लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...